|
 |
दीपक श्रेष्ठ/gopa 
|
 |
कुर्नु पर्दैन आजकै दिन प्रेम गर्नलाई ! |
| [2010-02-14 오후 4:23:00] |

|
प्रेम अभिव्यक्त गर्न १४ फेब्रुअरी अर्थात् 'भ्यालेन्टाइन डे' पर्खनु पर्दैन यद्यपि 'भ्यालेन्टाइन डे' अर्थात् प्रेम दिवसलाई संस्कृतिका रूपमा मनाउने प्रचलन नेपाली युवामाझ बढ्दै गएको छ ।
'प्रेम दिवस' लाई किशोरकिशोरीबीचको आकर्षण या प्रेमसम्बन्धसँग मात्र जोड्न नमिल्ने बरु परिवार र साथीभाइसँग प्रेम, मित्रता बाँड्ने प्रचलनको रूपमा विकास हुँदै गएको धारणा राख्नुहुन्छ नायक राजवल्लभ कोइराला ।
चलचित्र 'पहिलो पहिलो माया' को प्रवर्द्धन गरेर शनिबारमात्रै पोखराबाट र्फकनुभएका नायक कोइराला बेफुर्सदमा रहेको बताउनुहुन्छ । "किन लाग्छ मायाको छायाङ्कनमा जानुपर्ने छ", माया लिनदिन क्यालेन्डरको १४ फेब्रुअरी पर्खन नपर्ने धारणा राख्ने नायक कोइराला भन्नुहुन्छ, "सबैले मान्छन्, फुर्सद मिलेमा एकपल्ट भेटेर विस गर्नुपर्ला ।"
मन र व्यवहारबाट निःस्वार्थ मायाको पक्षपाती भएको बताउने नायक कोइराला नेपाली समाजको दिनचर्या पश्चिमी सभ्यताबाट प्रभावित बन्दै गएको अनुभव गर्नुहुन्छ ।
भर्खरै वैवाहिक जीवन सुरु गर्नुभएकी नायिका ऋचा घिमिरेलाई भने 'भ्यालेन्टाइन डे'प्रति खासै रुचि छैन । नायिका ऋचा भन्नुहुन्छ, "तपाईं पत्याउनुहुन्छ कि हुन्न मैले कहिल्यै पनि 'भ्यालेन्टाइन डे' विशेष रूपमा मनाइन ।"
"कामलाई पहिलो प्राथमिकता", होमप्रोडक्सनको चलचित्र 'वीरताको चिनो' को बालाजु ल्याबमा स्वराङ्कन भइरहेकाले आफू त्यतै व्यस्त रहने जानकारी दिँदै नायिका ऋचाल
भन्नुभयो, "त्यसपछि उषा खड्गीको निमन्त्रणा मान्न एभरेस्ट होटलको भ्यालेन्टाइन डे पार्टीमा श्रीमान्सहित जान्छु । त्यतै हल्का डि्रङ्स र डान्स गरिन्छ ।"
नायिका ऋचाका श्रीमान् हरिशङ्कर घिमिरेको निर्माण तथा निर्देशनमा 'वीरताको चिनो' निर्माणको अन्तिम चरणमा पुगेको छ ।
मान्छेहरूको भीडमा, म यौटा मान्छे खोजिरहेछु... गीतबाट अहिले निकै चर्चामा रहेकी गायिका मल्लिका कार्की मङ्गलबार सााझ शेर्पा समाजले चुच्चेपाटीमा आयोजना गरेको 'भ्यालेन्टाइ डे इभ'मा हुनुहुन्थ्यो । "काा भ्यालेन्टाइन डे मनाउनु नि Û", गायिका मल्लिकाले हाास्दै भन्नुभयो, "गीत गाउन नि, भ्यालेन्टाइन नै छैन के मनाउनु ?"
"खासमा भन्नुहुन्छ भने मलाई भ्यालेन्टाइन डे मन पर्दैन", नेपाली संस्कृतिलाई नै माया गर्ने गायिका कार्कीले भन्नुभयो, "गाउनका लागि त आइतबार महेन्द्र पुलिस क्लबमा हुने भ्यालेन्टाइन डे कार्यक्रममा पनि जाादैछु । म त गीतसङ्गीतसाग नै प्रेम गर्छु ।"
नायिका पुजना प्रधान अर्थात् 'स्त्री' लाई पनि यो पल्टको प्रेम दिवसले त्यति आकषिर्त गर्न सकेको छैन । आध्यात्मिक चिन्तनमा लागेकी नायिका पुजनाले भन्नुभयो, "प्रेम दिवस प्रेमीप्रेमिकाले मात्रै मनाउनुपर्छ भन्ने छैन । प्रेम बााड्ने यो दिवस सबैको हो ।"
बत्तीसपुतलीस्थित बालगृहमा रहेका बालबालिकासाग प्रेम दिवस मनाउने योजना बनाएकी नायिका पुजनाले भन्नुभयो, "विकृतिको रूपमा हेर्नु भएन, यो सबैले परिवारसाग बसेर मनाउन पनि सकिन्छ ।"
अन्तिमपल्ट भेट्न आऊ... गाएर चर्चा कमाएका गायक डम्बर नेपाली पनि 'भ्यालेन्टाइन डे'प्रति त्यति उत्साहित देखिएनन् । तेस्रो गीति एल्बम 'मात्र' को रेकर्डिङ चटारोमा रहेका गायक नेपाली भन्नुहुन्छ, "खासमा त्यस्तो तयारी छैन ।" तर, प्रेम दिवसकै दिन पारेर तयारीमा रहेको गीति एल्बम 'मात्र' को गीत कि छाड उसलाई, कि मार मलाई...को 'प्रोमो रिलिज' गर्ने जानकारी उहााले दिनुभयो ।
आˆना गीतहरू जीवन भोगाइसाग धेरै हदसम्म मिल्ने बताउने गायिक डम्बर नेपालीले 'प्रेम दिवस कस्तो लाग्छ ?' भन्ने प्रश्नको जवाफ अनकनाउादै दिनुभयो, "त्यति नराम्रो लाग्दैन ।"
नायिका सञ्चिता गुरुङलाई भने 'भ्यालेन्टाइन डे' राम्रै लाग्छ । प्रेम दिवस मनाउने तयारी नभए पनि साथीहरूले बोलाएकाले समय मिले जाने बताउनुहुन्छ उहाा । 'बाटुली' चलचित्रबाट नायिकाका रूपमा प्रवेश पाएकी नायिका सञ्चिता आगामी चलचित्र 'उज्यालो' का लागि 'फाइट' सिकिरहेको बताउनुहुन्छ । नायिका गुरुङ भन्नुहुन्छ, "भन्न नमिल्ने भएर होइन, व्यस्तताकै कारण भ्यालेन्टाइन डेको कार्यक्रम नरहेको हो ।"
000
|
|
|

|
|
|