नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

प्रजित शाक्य

क्रिकेटमा नेपालको आश
    [2010-03-08 오후 3:53:00]



नेपाली क्रिकेटको सबभन्दा ठूलो लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र विश्वकप क्रिकेटमा खेल्नु नै हो । विगतका प्रदर्शन हेर्ने हो भने एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न योग्य नै देखिएपनि नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मौका भने पाएको छैन । यद्यपि गत हप्ता पेप्सी आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको उपाधि जितेपछि नेपाल रोड टु वल्र्डकपको एक पाइला अगाडि बढेको छ ।

नेपालले अब आगामी अगस्टमा इटालीमा हुने डिभिजन फोरमा खेल्नेछन् । जहाँ नेपालले आफूसँगै चयन भएको अमेरिकासँगै इटाली, अर्जेन्टिना, तान्जानिया, क्यामी आइलाइन्डविरुद्ध खेल्नेछ । डिभिजन फोरमा पनि शीर्ष दुई स्थानमा रहने टिमले सन् २०१३ मा स्कटल्यान्डमा हुने आइसीसी विश्वकप छनोटमा खेल्ने प्रावधान राखिएको छ । स्कटल्यान्डमा १२ टिमबीच हुने छनोट प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिम २०१५ मा हुने विश्वकपका लागि योग्य हुनेछन् । विश्वकपको बाटो हेर्दा विश्वकप क्रिकेट अझै टाढा रहेको भान हुन्छ तर नेपालले आशा भने पक्कै जगाएको छ ।

पछिल्लो संस्करणमा समूह विजेता बन्न सफल भएपनि अफगानिस्तानसँग सेमिफाइनलमा हारेपछि नेपाल डिभिजन फोरमा खेल्नबाट वञ्चित भएको थियो । मलेसियामा सम्पन्न एसीसी ट्रफी क्रिकेट प्रतियोगिताको सातौँ संस्करणमा नेपाल अन्तिम खुड्किलो पार गर्न नसक्दा एसिया कपमा खेलेर एकदिवसीय क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको थियो । अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रभाव पारेपनि निणर्ायक खेलहरूमा चुकेर सँधै दुष्परिणाम दिने नेपाल सिनियर खेलाडी मानसिक रूपमा सशक्त छैन । यो कुरा यसपटक घरेलु मैदानमा पनि छर्लङ्ग भयो ।

सुरुका चार खेल सहजै जितेको नेपाल अमेरिकाविरुद्धको महत्वपूर्ण अन्तिम लिग खेलमा नराम्रोसँग पछारियो । सो खेलमा नेपाल बलिङ र ब्याटिङमा त ˆलप भयो नै घरेलु टिमको फिल्डिङमा पनि साधारण देखिएको थियो । शायद दर्शकले हुलदङ्गा नगरेको भए नेपालको विश्वकप खेल्ने आशा समाप्त भइसक्ने थियो । नेपालको क्रिकेट छविमा दाग लगाएपनि हुल्याहा समर्थक नै नेपाललाई अगाडि बढाउन सहयोगी बन्यो भन्दा फरक नपर्ला । औसत रन रेटको आधारमा ००.४ ले मात्र नेपालले सिङ्गापुरलाई उछिनेको हो । खेलको अन्तिम समयमा दर्शकले मैदानमा ढुङ्गा, सीसी फालेपछि खेल करिब ४५ मिनेट रोकिएको थियो । त्यसपछि खेल सञ्चालन हुँदा अमेरिकाले डकवर्थ लुइसको नियमअनुसार ४६ ओभरमा १५७ रन बनाउनुपर्ने संशोधित लक्ष्य पायो । जसको फाइदा नेपाललाई पुग्यो ।

नेपालले फाइनलमा भने राहुल विकको शानदार बलिङले अमेरिकालाई सजिलै हराएर मीठो बदला लिएको थियो । उपाधि जितपछि कप्तान पारस खड्काले फाइनलमा चयन हुने दबाब नभएकोले खेलाडीहरूले स्वभाविक प्रदर्शन गरे भन्ने प्रतिक्रियाबाट पनि महत्वपूर्ण खेलमा नेपाली खेलाडी ठूलो दबाबमा उत्रन्छ भन्ने स्पष्ट हुन्छ । क्रिकेटमा मानसिक रूपमा सशक्त हुने खेलाडी धेरै सफल हुने भएकोले पनि ठूला प्रतियोगिताअगाडि खेलाडीहरूलाई मनोवैज्ञानिक प्रशिक्षणको छुट्टै शिविर सञ्चालन गर्नुपर्ने देखिएको छ ।

नेपाल खेलाडीको प्रदर्शनलाई नियाल्ने हो भने प्राय ब्याटिङमा एकरुपता देखाउन नसक्ने नेपालको कमजोरी प्रतियोगिताभर देखियो । आफू अभ्यस्त बनेको घरेलु मैदानमा पनि नेपालले सबभन्दा कमजोर टिम फिजीबाहेक अन्य खेलमा दुई सय रन नाघ्न सकेन । नेपालको बलिङ आक्रमण सँधैजस्तै प्रभावशाली नै छ । तर यसपटक स्पीनरले गर्दामात्र नेपालको बलिङ आक्रमणको धार कम नभएको भान भएको थियो । महबुब आलम र विनोद दासले सटिक बलिङ गरेपनि स्ट्राइकर बलरको हैसियतमा विकेट लिनेमा असफल रहे । निकै आशा गरिएका प्रारम्भिक जोडी दीपेन्द्र चौधरी र महबुब आलमले प्रतियोगिताभरि नै निराश पारे । कप्तान पारस, शरद भेष्वाकर, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मीले आवश्यक समयमा मध्यक्रमलाई सम्हालेपछि मात्र नेपाललाई ठूलो क्षति भएन ।

कप्तान पारस खड्का नेपाल टिमको तुरुपको एक्काको रूपमा देखिए । पारसले जर्सी, बहराइन र फिजीविरुद्ध सङ्कटको समयमा क्रिजमा आएर तेज गतिमा क्रमशः ६९, ७१ र ७५ रनको कप्तानी पाली खेले । शरदले पनि चयनकर्तालाई आफूमा कतिको दमखम छ भन्ने देखाए । नेपालका नियमित प्रारम्भिक ब्याट्सम्यान परेश लोहनीले व्यक्तिगत कारणले आप\mनो नाम फिर्ता लिएपछि मात्र अन्तिम समयमा मात्र शरद टिममा परेका हुन् । उनले फिजीविरुद्ध खेलेको अविजित १०५ रनको पाली प्रतियोगिताकै एकमात्र शतक थियो । आइसीसी प्रतियोगितामा नेपाली ब्याट्सम्यानद्वारा शतक प्रहार भएको पनि यो पहिलो पटक हो ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीमा मात्र तेस्रो र शरद छैटौँ स्थानमा रहे । बसन्त, संजम, राहुल र शक्तिको स्पीन चौकडी सँधैजस्तै चम्के । राहुल र बसन्तले १२/१२ तथा संजमले कूल एघार विकेट चट्काए । राहुलले उपाधि भिडन्तमा गरेको जादुगरी स्पेलको सम्झना क्रिकेटप्रेमीहरूले लामो समयसम्म गर्नेछन् । ८.२ ओभरमा १५ रख खर्चेर लिएको सातविकेट प्रतियोगिताकै सर्वश्रेष्ठ बलिङ थियो ।

अमेरिकाविरुद्ध लिग खेललाई छोड्ने हो भने प्रतियोगितामा नेपालले जसरी खेल्यो त्यसले ठूलो आशा जगाएको छ । अब डिभिजन फोर महत्त्वपूर्ण छ । क्षमताअनुसार प्रदर्शन गरे डिभिजन फोर पनि नेपाललाई कठिन चुनौती होइन । डिभिजन फाइभमा गरेको प्रदर्शनले क्रिकेटका जानकार नेपाललाई डिभिजन थि्रमा पुग्ने प्रमुख दावेदर मानेका छन् । क्रिकेट सङ्घले पनि अब यसलाई मनन् गरेर तत्काल नेपाली टिममा भएका कमीकमजोरी हटाउन पहल गर्नु अत्यावश्यक छ । किनभने नेपालसमक्ष अब साँच्चिकै अष्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा खेल्ने मौका प्राप्त छ ।

00g00




Nick Name     
comment