एनके संवाददाता

विश्व कपको 'ड्र' सार्वजनिक
[2009-12-06 오후 4:52:00]

दक्षिण अफ्रिकामा आयोजना हुने सन् २०१० को विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्रहरु बलियो समूहमा परेका छन्। शुक्रबार राति जोहनेसवर्गमा सार्वजनिक गरिएको विश्व कपको 'ड्र' मा एसियाको बलियो फुटबल राष्ट्र मानिएको दक्षिण कोरिया अर्जेन्टिना, नाइजेरिया र ग्रीससमावेश समूह 'बी'मा परेको छ।

यस्तै, समूह 'डी' मा अर्को एसियाली राष्ट्र अष्ट्रेलियाको भिडन्त जर्मनी, घाना र सर्बियासँग हुनेछ। जापान समूह 'इ' मा नेदरल्याण्ड, क्यामरुन र डेनमार्कसँग भिड्नेछ। ब्राजिल, आइभोरी कोष्ट र पोर्चूगलसमावेश समूह 'जी' मा भने उत्तर कोरिया परेको छ। दक्षिण अफ्रिकामा आयोजना हुने सन् २०१० को विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्रहरु बलियो समूहमा परेका छन्।

समूह 'ए'
दक्षिण अफ्रिका,मेक्सिको, उरुग्वे, फ्रान्स
समूह 'बी'
अर्जेन्टिना, नाइजेरिया, दक्षिण कोरिया, ग्रिस
समूह 'सी'
इङल्याण्ड, अमेरिका, अल्जेरिया, स्लोभेनिया
समूह 'डी'
जर्मनी, अष्ट्रेलिया, सर्बिया, घाना
समूह 'इ'
नेदरल्याण्ड, डेनमार्क, जापान, क्यामरुन
समूह 'एफ'
इटाली, पाराग्वे, न्युजिल्याण्ड, स्लोभाकिया
समूह 'जी'
ब्राजिल, उत्तर कोरिया, आइभोरी कोष्ट, पोर्चुगल
समूह 'एच'
स्पेन, स्वीजरल्याड, होन्डुरस, चिली




Nick Name     
comment   




सांस्कृतिक कार्यक्रम बांडफांडको बारेमा के भन्छ कियाचु कोरियाका अध्यक्ष


Depth News South korea by MoutainTV












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com