नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

पाचौँ डिभिजनबाट अयोग्य लडाकु फिर्ता, बहिर्गमन प्रक्रिया सम्पन्न
    [2010-02-09 오후 3:09:00]
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी शान्ति र संविधानप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । पाचौँैं डिभिजन मुख्यालय दहवनमा अयोग्य लडाकुहरुको बिदाइ कार्यक्रमलाई आज संबोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले अयोग्य लडाकुको बिदाईले आफूहरुको प्रतिवद्धतालाई पुष्टि गरेको बताउनुहुँदै माओवादीले शान्ति संझौताको अक्षरशः पालना गरेको दावी गर्नुभयो ।

प्रचण्डले केही प्रमुख दलहरु शान्ति र संविधानप्रति जिम्मेवारी नभएको आरोप पनि लगाउनुभयो । उहाँले माओवादी समयमै संविधान र शान्ति प्रक्रियाले पूण्ता पाउनुपर्छ भन्ने मान्यतामा रहेको बताउनुभयो । प्रचण्डले शिविरमा नरहँदैमा कोही अयोग्य र रहँदैमा योग्य नहुने भन्दै राष्ट्र र जनताप्रति समर्पित कोही कहिल्यै अयोग्य नहुने बताउनुभयो ।

प्रचण्डले अयोग्य लडाकुहरुलाई राष्ट्र र जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो । रोल्पाको दहवनमा अवस्थित जनमुक्ति सेनाको पाचाँ डिभिजनमा रहेका अनमिनको मापदण्डमा नपरेका २ सय ८४ जना लडाकुको आज बिदाई गरिएको हो ।

पाचौँ डिभिजन मुख्यालय दहवनसहित सहायक शिविरहरू गैरी गाउँको टिला, मसिनाको उघाँ, होलेरीको खस्रे र दाङको सग्राममा रहेर मापदण्डमा नपरेकाहरूलाई शिविरबाट बिदाइ गरिएको हो । मापदण्डमा नपरेका ३ सय ९६ जनामध्ये केहीले भने यसअघि नै शिविर छोडिसकेको पाचाँ डिभिजन कार्यालयले जनाएको छ । बिदाई समारोहमा एकीकृत नेकपा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी स्थायी समिति सदस्य वर्षान पुन, जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन, डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल, अनमिन प्रमुख करिन ल्यानग्रेन्डलगायतको सहभागिता रहेको छ ।

करिव ३ वषएदेखि अस्थायी शिविरमा रहदै आएका जनसेनाहरुलाई आज अनमिनले नयाँ परिचयपत्रसहित १० हजार रुपैयाँ र एकीकृत नेकपा माओवादीको तर्फाट १२ हजार रुपैयाँसमेत हस्तान्तरण गरिएको छ । अहिले पाँचौ डिभिजनमा प्रमाणिकरण भएका २ हजार ४ सय ३० जना जनमुक्तिसेना रहेको डिभिजनले जनाएको छ ।




Nick Name     
comment