नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

'साहको हत्याले सरकारलाई सुरक्षा चुनौती'
    [2010-02-09 오후 3:24:00]



परराष्ट्रमन्त्री सुजाता कोइरालाले संचार उद्यमी जमीम साहको हत्याले सरकारलाई सुरक्षाको चुनौती थपेको बताउनुभएको छ । बिहान जमीम साहका परिवारलाई सान्त्वना र सहानुभूति दिन बिहान कमलपोखरी पुग्नु भएकी परराष्ट्रमन्त्री कोइरालाले परराष्ट्र मन्त्रीका हैसियतले आफुले पनि हत्याको सत्यतथ्य पत्ता लगाउन छुट्टै पहल गर्ने बताउनुभयो । कोइरालाले सुरक्षाप्रति सरकारको कमजोरी रहेको स्वीकार गर्नुभयो ।

परराष्ट्रमन्त्रीले हत्यारा जुनसुकै अपराधी सञ्जालमा भए पनि पक्राउ गरेर कडा भन्दा कडा कारबाही गरिने बताउनुभयो । गृहमन्त्री भीम रावल नेपाल फर्किने बित्तिकै उहाँसँग जानकारी लिइने र काठमाण्डुको सुरक्षा व्यवस्था थप कडा पारिएको मन्त्री कोइरालाले बताउनुभयो ।

कुनै बेला कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको हत्या गर्ने प्रयास भएको दाबी गर्दै तर त्यस घटनाको छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिले कुनै काम गर्न नसकेको मन्त्री कोइरालाको भनाइ थियो ।

उहाँले अहिले गठन गरिएको आयोग पनि त्यस्तै हुनेमा आफुलाई शंका रहेको बताउनुभयो । परराष्ट्रमन्त्री कोइरालासँग शाहका बुवा डाक्टर मोइन साहले सरकारले प्रतिबद्धता जनाउनु भन्दा पनि पहिले काम गर्न सुझाव दिनुभयो ।






Nick Name     
comment