|
एनके संवाददाता 
|
 |
एनके संवाददातासाह हत्याविरुद्ध महासंघले विरोध प्रदर्शन गर्दै |
| [2010-02-09 오후 3:25:00] |
.jpg)
|
संचार उद्यमी जमिम शाहको हत्याको विरोधमा आज पत्रकारहरुले प्रदर्शन गर्ने भएका छन् । नेपाल पत्रकार महासंघसहित टेलिभिजन ब्रोडकार्स्र्टस एसोसिएसन, ब्रोडकास्टिङ एसोसियसन अफ नेपाललगायत संचारसँग सम्बन्धित संघसंस्थाहरुको संयुक्त पहलमा दिउँसो काठमाण्डूको विभिन्न भागमा प्रदर्शन हुने भएको हो ।
हिजो बसेको संयुक्त बैठकले हत्याको विरोध तथा शान्ति सुरक्षाको प्रत्याभूतिको माग गर्दै दिउँसो ३ बजे भृकुटीमण्डपबाट प्रदर्शन गर्ने भएका हुन् । विरोध प्रदर्शन भृकुटीमण्डबाट शहीदगेट हुँदै वसन्तपुरमा गएर कोणसभामा परिणत हुने महासंघले जनाएको छ ।
साथै प्रदर्शनमा सहभागी हुन पनि ती संघसंस्थाले सबैलाई आग्रह गरेका छन् । स्पेसटाइम नेर्टवर्क तथा च्यानल नेपालका अध्यक्ष साहको अस्ति आइतबार दिउँसो काठमाण्डूको लाजिम्पाटमा गोली हानेर हत्या भएको थियो ।
|
|
|
|
|
|
|