|
 |
एनके संवाददाता 
|
 |
संविधानसभाको समय थप्नु हुदैन - उपप्रधानमन्त्री गच्छेदार |
| [2010-02-09 오후 3:27:00] |
.jpg)
|
उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले प्रमुख दलहरुबीच सहमति भए दस दिन भित्रै संविधान जारी हुने बताउनु भएको छ । पत्रकार महासंघ दाङले आज बिहान घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गच्छेदारले जसरी भए पनि आगामी जेठ १४ गते भित्रै संविधान जारी गर्नुपर्ने भन्दै उहाँले संविधानसभाको समय थप्न नहुने बताउनुभयो ।
संबिधान निर्माणका लागि अझै ३ महिना बढी समय भएकाले समय थप्ने कुरा भन्दा पनि कसरी छिटो संबिधान निर्माण गर्ने भन्नेतर्फठूला दलहरु जिम्मेवार हुनुपर्ने मन्त्री गच्छेदारले बताउनुभयो । सबै विषयगत समितिहरुले प्रतिवेदन तयार पारिसकेको र अब संबिधान लेख्ने काम मात्रै बाँकी रहेकाले संबिधानसभाको समय थप्ने कुरा कसैले पनि गर्न नहुने उहाँको भनाई थियो ।
काङगे्रस सभापति गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा गठन भएको उच्च स्तरीय राजनितीक संयन्त्र सरकार परीबर्तनमा केन्द्रीत भए सयन्त्रको कुनै काम नहुने भन्दै मन्त्री गच्छदारले प्रधानमन्त्री र मधेसवादी दलहरुको सहभागिताविना बनेको संयन्त्र अपूरो भएको बताउनु भयो ।
संयन्त्र सरकार ढलाउने र बनाउनका लागी नबनेको भन्दै उहाले शान्ती प्रकृयालाई निष्कर्षा पुर्याउन र संबिधान निर्माणको लागी सहजकर्ताको भुमिका निभाउनु पर्ने बताउनुभयो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छेदारले एक मधेस एक प्रदेशको आफूहरुको माग ठूला दलहरुलाई मान्य नभए विकल्प दिन आग्रह गर्नुभयो ।
|
|
|
|
|

|
|
|