नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके सवाददाता

संविधान निर्माण प्रक्रिया छोट्याइने
    [2010-03-08 오후 3:08:00]



संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रक्रिया छोट्याएर भएपनि तोकिएकै समयमा नयाँ संविधान जारी हुने बताउनुभएको छ । नेम्वाङले यसका लागि आफूले दलहरुसँग नियमित छलफल गरिरहेको जानकारी दिनुभयो । संचारकर्मीमाझ सभाध्यक्ष नेम्वाङले आन्तरिक कार्यतालिका संशोधन गरी जेठ १४ मै संविधान जारी हुने बताउनुभएको हो ।

संविधानसभाका ११ विषयगत समितिले तयार गरेका मस्यौदा प्रतिवेदनलाई आधार बनाएर तोकिएको समयमै नयाँ संविधान जारी गरिनुपर्ने नेम्वाङको भनाइ छ । राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसँग हिजो भएको भेटवार्तामा पनि तोकिएको समयमै संविधान बनाउनेबारे छलफल भएको नेम्वाङले जानकारी दिनुभयो ।

यसैबीच, संविधानसभाको संविधान लेखन कार्यतालिका परिवर्तनको विषयमा सभाध्यक्ष नेम्वाङले प्रमूख दलका नेताहरुसँग आज अनौपचारिक छलफल गर्नुभएको छ । संविधान निर्माणको प्रक्रिया छोट्याएर जेठ १४ मै संविधान जारी गर्ने विषयमा उहाँले नेताहरुसँग छलफल गर्नुभएको हो ।

संविधानसभाको मंगलवार बस्ने बैठकले संविधान लेखन कार्यतालिका १० औं पटक संशोधन गर्दैछ । स्रोतका अनुसार अबको संशोधनमा संवैधानिक समितिले नयाँ संविधानको एकीकृत मस्यौदा तयार गर्ने समयावधी र नागरिकसँग अन्तक्रिया गर्ने समय छोट्याउन लागिएको हो ।




Nick Name     
comment