|
एनके संवाददाता 
|
 |
विद्यालयलाई शान्ति क्षेत्र बनाउनुपर्ने उपराष्ट्रपति झाको धारणा |
| [2010-03-08 오후 3:16:00] |
.jpg)
|
उपराष्ट्रपति परमानन्द झाले सरकारी विद्यालयको शैक्षिकस्तर राम्रो नभएको भन्दै यसलाई उकास्नुपर्ने बताउनुभएको छ । शिक्षा हिमाल पहाड, तराइ सबै क्षेत्रको एक समान आवश्यकता भएकाले शिक्षाको स्तर सबै क्षेत्रमा कायम राख्न उपराष्ट्रपतिले आग्रह गर्नुभएको छ ।
नेपाल शिक्षक युनियन राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकको आज पोखरामा उद्घाटन गर्दै उपराष्ट्रपति झाले देशमा स्तरीय पर्ढाई भएमा पर्ढाईका लागि सानै उमेरमा विदेशिने प्रवृत्तिको अन्त्य भई छिमेकी मुलुकका विद्यार्थीलाई पनि आकर्षित गर्ने वातावरण बन्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षक युनियन र सरकारबीच भएका विभिन्न १४ बँुदे सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुले रोश प्रकट गरेका थिए । पोखरा सभागृहमा जारी बैठकमा देशका बिभिन्न ५७ जिल्लाका ३०० भन्दा बढि शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ ।
|
|
|
|
|
|
|