कैलालीको अत्तरियास्थित गुहेश्वरी माध्यमिक विद्यालय बसन्तपुरका छात्राहरुमा अनौठो किसिमको रोगका लक्षण देखिएपछि विद्यालय बन्द गरिएको छ । अचानक बेहोस हुने, दिनभरी हास्ने, रुने र बौलाहा जस्तो गर्ने लक्षण देखिएको शिक्षक शिवराज जोशीले बताउनुभएको छ ।
शुरुमा यस्ता खालका लक्षण केही विद्यार्थीहरुमा देखिएको र पछि २५/ ३० जना विद्यार्थीहरुमा यस्ता लक्षण देखिएकाले एक साताका लागि विद्यालय बन्द गरिएको हो । रोाग बारे कुनै जानकारी समेत नभएको र सरोकारवाला पक्षले पनि कुनै चासो नदेखाएको विद्यालयले बताएको छ ।
|