|
 |
एनके संवाददाता 
|
 |
राष्ट्रपति र कांग्रेस सभापतिबीच भेटवार्ता |
| [2010-03-08 오후 3:25:00] |
राष्ट्रपति डाक्टर रामवरण यादव र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा संविधान निर्माण र राजनीतिक जटिलताका विषयमा छलफल भएको छ । कोइराला निवास पुग्नु भएका राष्ट्रपति यादवले सुरुमा कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भएको थियो ।
कोइरालाको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग छलफल गरेपछि राजनीतिक जटिलताका विषयमा संक्षिप्त कुराकानी गर्नु भएको थियो । राष्ट्रपतिले आफ्नो तर्फाट गतिरोध अन्त्यका लागि पहल गर्ने आश्वासन दिनु भएको छ । भेटपछि पत्रकाहरुसँग कुराकानी गर्दै सभापति कोइरालाका भतिजा डाक्टर शेखर कोइरालाले राष्ट्रपतिले स्वास्थ्यका बारेमा मात्रै चासो राखेको बताउनुभयो ।
उहाँले सिंगापुरबाट आउनु भएका चिकित्सक डाक्टर लीले उपचारका लागि सिंगापुर लैजाने तयारी गरे पनि तत्काल नेपालकै चिकित्सकबाट उपचार गराउन सुझाव दिनु भएको छ । कोइरालाले अहिले २४ घण्टा अक्सिजन लिनुपर्ने अवस्था छ । उहाँलाई बिहान केही आराम हुने र बुलेका भएपछि असजिलो हुने गरेको चिकित्सकहरुले बताएका छन् ।
|
|
|
|
|

|
|
|