|
 |
एनके संवाददाता 
|
 |
श्रमिक महिला दिवस, उपत्यकालगायत देशभर विभिन्न कार्यक्रम गरिंदै |
| [2010-03-08 오후 3:30:00] |
.jpg)
|
आज मार्च ८ तारिख अर्थात अन्तर्राट्रय श्रमिक महिला दिवस । सबैको प्रगतिका लागि समान अधिकार र समान अवसर भन्ने नाराका साथ विश्वभर आज यो दिवस मनाईंदैछ । नेपालमा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला सवालमा कार्यरत संघसंथाहरुले विभिन्न कार्यक्रम गरी यसवर्षशताब्दी श्रमिक महिला दिवस मनाउँदैछन् ।
यसैक्रममा सरकारीस्तरमा महिला मन्त्रालयसहित सहभागी भएको मुल समारोह समितिले पनि राजधानीमा र्याली निकाल्दैछ भने विभिन्न राजनीतिक दलका महिला संघगठनहरुले पनि कार्यक्रमहरु गर्दैछन् । दिवसको अवसरमा एकीकृत नेकपा माओवादी निकट अनेमसंघ क्रान्तिकारीले राजधानीको विभिन्न ठाउँबाट र्याली निकाल्दैछ भने मध्यान्ह खुलामंचमा सभा गर्नेछ ।
कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुने तय भएको छ । यसैगरी अस्ति शनिबारदेखि महिला महोत्सव गरिरहेको एमाले निकट अनेमसंघले आज महोत्सवको समापन गर्दैछ । समापन समारोहलाई एमाले अध्यक्ष झलनाथ खनालले सम्बोधन गर्नुहुने अनेमसंघले जनाएको छ । सन् १९१० मा विभिन्न देशका महिलाहरुले आफ्नो अधिकारको लागि आवाज उठाएको स्मरण गर्दै प्रत्येक वर्षो मार्च ८ का दिन विश्वभरका महिलाहरुले यो दिवस मनाउँदैछ ।
यसैबीच श्रमिक महिला दिवसको अवसरमा प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना एवं बधाइ दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री नेपालले महिला अधिकारको प्रश्नमा अहिले संसारव्यापी रुपमै संवेदनशीलता वृद्धि भएको उल्लेख गर्दै नेपालमा पनि पहिलेको तुलनामा केही हदसम्म उपलब्धिहरु हासिल भएको बताउनु भएको छ ।
|
|
|
|
|

|
|
|