एसिसी अण्डर-१६ एलाइट कप क्रिक्रेट प्रतियोगिता आजदेखि राजधानीमा शुरु हुँदैछ । आजको उद्घाटन खेलमा नेपालले अन्तराष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिता चैत ३ गतेसम्म संचालन हुने काउन्सिलले जनाएको छ ।
नेपालको तर्फाट कप्तानमा स्वीचन शाह, उपकप्तानमा निश्चल पाण्डे, अन्य खेलाडीमा दिपेन्द्र्र्र चन्द, विवेक चौधरी, हरी चौलागाईं, शरद खड्का, राजीवकुमार शाह, देवेन्द्र सोमरे, सतीश भगत, मायानन्द चौधरी, सनम श्रेष्ठ, सुशनभारी श्रेष्ठ र रोशन खत्रीले खेल्नेछन् । यस्तै अर्को खेलमा कुबेत र बहराइनबिच पुलचोक इन्जीनियरिङ क्रिकेट मैदान ललितपुरमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै सिंगापुर र मलेसियाबिच भक्तपुर क्रिकेट मैदानमा प्रतिस्पर्धा हुदैछ । एसियाली क्रिक्रेट काउन्सिलको आयोजनामा पहिलो पटक हुन लागेको एसिसि अण्डर -१६ क्रिक्रेट प्रतियोगितामा नेपाल लगायत हङकङ, कुवेत, बहराइन, सिंगापुर र मलेशियाको सहभागीता रहेको छ । प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । प्रतियोगिता चैत ३ गतेसम्म संचालन हुने काउन्सिलले जनाएको छ ।
|