नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

कांग्रेस र एमाले विदेशीसामु झुके सेनाले साथ नदिने-अध्यक्ष दाहाल
    [2010-03-11 오전 12:27:00]



एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जेठ १४ भित्र संविधान नबने जनआन्दोलन गर्ने बताएका छन्।अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सोमबार खुलामञ्चमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस र एमालेले विदेशीसामु झुके सेनाले साथ नदिने बताए।

उनले राष्ट्रिय स्वाधिनताको पक्षमा सेना रहेको उल्लेख गर्दै सेनाले सधै परिवर्तनलाई साथ दिने बताए। राजतन्त्रलाई बचाउन नलागेको नेपाली सेनाले आफूलाई बचाउने छ भन्ने दक्षिणपन्थीहरुले सोच्छ भने त्यो भ्रममात्र भएको उल्लेख गर्दै उनले सेनले परिवर्तनलाई आत्मसात गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष दाहालले माओवादीले जनविद्रोह गरी सत्ता कब्जा गर्छ भन्ने भ्रम फैलाएर शान्ति प्रक्रिया र संविधान निर्माण कार्यलाई भाड्ने षड्यन्त्र भइरहेको आरोप लगाए। कांग्रेस र एमालेले शान्ति प्रक्रियालाई भाड्न अध्यारो कोठामा बसेर षड्यन्त्र गरिरहेको उनको दावी थियो।

उनले सरकारलाई यो कुहिएको फर्सी हो, दुङदुङती गन्हाइरहेको छ भन्दै जतिबेला पनि झर्न सक्ने दाबी गरे। त्यसको साथै उनले माओवादी नेतृत्वको राष्ट्रिय सरकार बनेपछिमात्र शान्ति प्रक्रिया र संविधान निर्माण निष्कर्षमा पुग्ने पनि दाबी पनि गरे।.




Nick Name     
comment