एनके संवाददाता

माओवादीका कारण संविधान अन्योलमा- कोइराला
[2010-04-18 오후 8:09:00]

नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले सबैभन्दा ठूलो दल माओवादी गैर जिम्मेवार भएका कारण संविधान र शान्तिप्रक्रिया अन्योलमा परेको बताउनु भएको छ।उहाँले समयमै संविधान नबनाइए त्यसबाट आउने संवैधानिक जटिलताको जिम्मेवार माओवादी हुनुपर्ने पनि बताउनुभयो।

नेपाल प्रेस युनियनले नेपालगन्जमा शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कार्यवाहक सभापति कोइरालाले जबर्जस्ती सत्ता कब्जा गर्ने माओवादीको ध्येय परिवर्तन प्रतिको जनचाहनामा बाधकका रूपमा देखापरेको बताउनुभयो। उहाँले २१औं शताब्दीमा सम्भव नहुने सत्ता कब्जा र प्रोभोगको राजनीतिलाई उपायका रूपमा अवलम्बन गर्न खोजेर माओवादी परिवर्तनको बाधक बनेको साथै सहमति, एकता र सहकार्यको सिद्धान्तबाट विचलित भएको टिप्पणी गर्नुभयो।

कार्यवाहक सभापति कोइरालाले कुनै पनि सम्झौता र सहमति कार्यान्वयन नगरेर माओवादीले विश्वासको संकट उत्पन्न गराएको बताउनुभयो। ‘कब्जा जग्गा फिर्तालगायतका कुनै पनि सहमति कार्यान्वयन भएन’, उहाँले भन्नुभयो- ‘जसले गर्दा उनीहरूप्रति विश्वास घटेर गएको छ।’ माओवादीसहित सबै दल मिलेर लडाकू समायोजन गरी समयमै संविधान बनाउनुपर्नेमा पनि जोड दिँदै सहमतिको राजनीतिमा सबैले मेरो गोरुको बाह्रै टक्का भन्न छोड्नुपर्ने बताउनुभयो।

पत्रकारहरूको एक प्रश्नको जवाफमा उहाँले अहिले वर्तमान सरकारको विकल्प नभएको पनि प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो- ‘माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना पटक्कै छैन।’ कांग्रेसका कार्यवाहक सभापति कोइरालाले शान्तिप्रक्रियाले पूर्णता नपाएसम्म नयाँ संविधान बन्न नसक्ने बताउनुभयो।

कोइरालाले कब्जा सम्पत्ति फिर्ता र वाईसीएललाई राजनीतिक रूपमा रूपान्तरण नगरेसम्म विश्वासको वातावरण नबन्ने दाबी गर्दै शान्तिविनाको संविधानको अर्थ नहुने ठोकुवासमेत गर्नुभयो।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com