एनके संवाददाता

तपस्वी बम्जनको आदेशमा बन्धक बनाइएकी बिदेशी महिला मुक्त
[2012-03-27 오후 5:02:00]

बारामा तपस्यारत रामबहादुर बम्जनको आदेशमा बन्धक बनाइएकी स्लोभाकियाकी मिरिची मुक्त भएकी छन् । मिरिचीलाई हिजो अवेर राती बम्जनको संरक्षण गर्दै बोधी श्रवण धर्म संघका दर्शन लिम्बुले सिमरामा ल्याएर छोडेको बताइएको छ ।

मिरिची बन्धकमुक्त भएको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यलय बाराबाट गएको प्रहरी
टोलीले मिरिचीसँग कुराकानी गर्न खोजे पनि प्रहरी देखेपछि उनी डराएर भाग्न खोजेको बताईएको छ । त्रसित मुद्रामा रहेकी मिरिचीले आफूलाई कसम खुवाएर प्रहरी र पत्रकारसँग केही नभन्न चेतावनी दिएको बताएकी छिन् ।

हात भाँचिएको अवस्थामा भेटिएकी मारिचीको उपचार राम्रोसंग नभएका कारण काम्रे बानेको प्रहरीले बताएको छ । बम्जनको तपस्यामा बाधा पुर्याएको भन्दै ३ महिना अघि मिरिचीलाई बोधी श्रवण धर्म संघले बन्धक बनाएको खबर सार्वजनिक भएको थियो । मिरिचीसँगै बन्धक भएकी सिन्धुपाल्चोक जिल्लाकी माता आनी नाम गरेकी महिलाको अवस्था भने अझै अज्ञात छ ।



Nick Name     
comment   




८ औं प्रवासी बहुसांस्कृतिक मेला


दिलशोभाको दिल दुख्यो














सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com