NK REPORTER

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल चिनाउने होर्डिङ बोर्ड राखिने
[2018-02-09 오후 9:28:00]

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएका बिज्ञापनहरु एक महिना भित्रमा व्यवस्थित हुने भएका छन् । पर्यटन मन्त्रालयमा पर्यटन सचिवको संयोजकत्वमा शुक्रबार बिहान बसेको बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएका बिज्ञापनका बोर्डहरु व्यवस्थित गर्ने निर्णय गरेको छ।

नागरिक उड्डयन प्राधिकरणका, नेपाल पर्यटन बोर्ड र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका आधिकारी सम्मिलित बैठकमा बिमानस्थलमा भएका अव्यवस्थित बिज्ञापन सामाग्रीलाई नेपालको संस्कृति र पर्यटनमैत्री बनाउने बिषयमा छलफल भएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

उपाध्यायका अनुसार, आजको बैठकले विमानस्थलमा सम्झौता समाप्त भएर पनि नहटेका बिज्ञापनहरुलाई तत्काल हटाउने र सम्झौता बाकीं भएका बिज्ञापनहरुलाई पनि पर्यटन मैत्री बनाईने निर्णय गरेको छ।

उनले अन्तराष्ट्रिय विमानस्थल परिसरका लागि बिज्ञापन नीति बनाउन कमिटि गठन गरिएको जानकारी दिए। कुन स्थानमा बिज्ञापन गर्न नदिने, कुन ठाउँमा दिने, बिज्ञापनको साईज कस्तो हुने, यस्तै कस्ता बिज्ञापनहरु राख्न दिने बिषयमा सिफारिस गर्न कमिटिलाई जिम्मेवारी दिइएको छ, उनले भने। कमिटीको समयसीमा १ महिनाको छ।

पर्यटन बोर्डले डिजिटल होर्डिङ बोर्ड राख्‍ने नेपाल पर्यटन बोर्डले नेपालको भाषा संस्कृति र नेपाल चिनिने डिजिटल होर्डिङ बोर्ड त्रिभुवन विमानस्थलमा राख्ने भएको छ। पर्यटन बोर्डले डिजिटल होर्डिङ बोर्ड राख्ने भएको हो। बोर्डले ५ वटा डिजिटल बोर्डहरु २ महिना भित्रमा बोर्डले राख्ने उनले जानकारी दिए।



Nick Name     
comment   




कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com