एजेन्सी

१८६ जना यात्रु बोकेको विमानको आकाशमै इन्जिन फेल
[2018-03-14 오전 12:38:00]

नेपालमा दुखद् विमान दुर्घटना भएकै दिन भारतमा उडिरहेको विमानको इन्जिन अकस्मात बन्द भएपछि आज इण्डिगो एयसलाइन्सका ४७ उडान रद्द गरिएका छन् ।

भारतको डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनले एयसबस ए–३२० विमानका प्रेट एण्ड ह्वीटनी इन्जिनमाथि प्रतिबन्ध लगाएको छ । हिजोमात्र अहमदाबादबाट लखनउ गइरहेको इण्डिगो एयरलाइन्सको एक विमानको इन्जिन हावामै बन्द भएको थियो ।

अहिले भारतको इण्डिगो एयरलाइन्स र गोएयरसँग गरी एयरबसका ११ वटा ए–३२० जहाज छन् । ११ मध्ये ८ विमान इण्डिगो र ३ विमान गोएयरका छन् । यी एयरलाइन्सलाई तत्काल ती विमानको इन्जिन फेर्न निर्देशन दिइएको छ ।

निर्देशनसँगै इण्डिगो एयरले आफ्ना ४७ आन्तरिक उडान रद्द गरेको छ । सोमबार इण्डिगो विमान उडेको केही समयमै इन्जिन फेल भएपछि यसलाई आकस्मिक अवतरण गराइएको थियो । विमानमा १८६ जना सवार थिए ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com