janatanews

त्रिभुवन विमानस्थल खतरा छ, धावनमार्गमा विमानलाई ल्याउन निकै कठिनाई हुन्छ-बरिष्ठ क्याप्टेन केबी लिम्बु
[2018-03-14 오전 12:40:00]

नेपाली आकासमा भएका विमान दुर्घटनाहरुमा अहिलेसम्म स्वदेशी तथा विदेशी गरी करिव ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अहिलेसम्मका विमान दुर्घटनाहरुको संख्याले नेपालमा हवाई उड्ययन निकै असुरक्षित छ भन्ने सन्देश गएको छ ।

युरोपेली युनियनले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ यता कालो सूचीमा राखेको छ । यतिमात्र नभई उसले नेपालको उड्डयन खतरापूर्ण रहेको भन्दै २०१३ को डिसेम्बर ५ देखि नेपाली वायुसेवा कम्पनीलाई युरोप उडानका लागि बन्देज समेत लगाएको छ ।

जटिल भौगोलिक बनावट र कतिपय रुटमा क्षणभरमै वदलिने मौसम, पुराना जहाज, सुरक्षा सम्वन्धि मापदण्डको पालनामा हेलचक्रयाईं र हवाई सुरक्षाका लागि छानविन समितिहरुले दिएका सुझाव वेवास्ता गरिनु नेपालमा विमान दुर्घटनाका मुख्य कारक मानिन्छ ।

३२ वर्षभन्दा लामो समय विमान उडाएका नेपाल बायु सेवा निगमका पूर्व महाप्रवन्धक बरिष्ठ क्याप्टेन केबी लिम्बु नयाँ नया प्रविधिका जहाज नेपालमा आएपनि तीनको पूर्ण क्षमताको उपभोगका लागि आवश्यक प्राविधिक र भौगोलिक सुधार नभएको औंल्याउँदै राज्यको सुरक्षा प्रणालीसम्बन्धी नीति पनि दोषी रहेको बताउँछन् ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com