nepalikora

तामाङ संघ दक्षिण कोरियाको अध्यक्षमा वाइबा निर्बिरोध निर्वाचित
[2018-05-08 오전 9:39:00]

तामाङ संघ दक्षिण कोरियाको अध्यक्षमा निवर्तमान महासचिव मेघप्रसाद वाइबा निर्बिरोध निर्वाचित भएको छ । वाइबाको अध्यक्षतमा २१ सदस्यीय नवौं कार्यसमिति निर्वाचित भएका छन। आइतबार सउलको नेपाल हाउसमा भएको नवौं अधिबेशनको बन्दशत्रमा अध्यक्ष लगायत सबै पदाधिकारी विरुद्ध दोहोरो उम्मेदवारी नपरेकोले सबै कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।

वरिष्ठ उपाध्यक्षमा रबि लामा, उपाध्यक्षमा बुद्ध लामा, स्नेह लामा, सरिता लोप्चन र महासचिवमा गोकुल थोकर निर्वाचित भएका छन् । सचिवमा अमिर योञ्जन, दूध लामा, कमला तामाङ र पूर्वा तामाङ निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा मनोज वाइबा र सह-कोषाध्यक्ष युनिक दोङ चयन भए । सदस्यहरुमा प्रेम दोङ, सुरेश थोकर, ओम तामाङ, भरत बोम्जन (भवश्वी) निर्वाचित भएका छन् ।बाँकी सदस्यहरुलाई अबको विशेष बैठकले चयन गर्ने संघले बताएको छ ।

अधिबेशनले सोम वाईवा तामाङलाई संरक्षक र राजिव घिसिङलाई प्रवक्तामा चयन गरे । निर्वाचन प्रमुख नेपाल आदिवासी जनजाति महासंघ कोरियाका निवर्तमान अध्यक्ष एवं संघका सल्लाहकार चित्र बहादुर मोक्तानका तीन सदस्यीय टोलीले चयन गरेको हो ।

अध्यक्ष उइनासिंह वाइबाको सभापतित्वमा भएको अधिबेशनमा नेपाल आदिवासी जनजाती महासंघ कोरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकाली प्रमुख अतिथि थियो । अधिबेशनको उद्घाटन शत्रमा यहाँ रहेका तामाङ कलाकार बाबुलाल मोक्तान, युनिक दोङ, भवश्वी बोम्जन र अमन थिङलाई सम्मान पत्रले सम्मान गरे ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com