nk

दक्षिण कोरियाले जर्मनीलाई दियो २ गोल
[2018-06-28 오전 10:42:00]

रसियामा भई रहेको विश्वकप फुटबल २०१८ को एफ समूहबाटै जर्मनी बाहिरिएको छ । एफ समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि चार पटकको विश्वविजेता जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । जर्मनी आफू सहभागी भएको विश्वकपको समूह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । जर्मनी सन् १९३८ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो ।

खेलको इन्ज्यूरी समयको दोस्रो मिनेटमा किम योंग गोनले गोल गरेका थिए । त्यस्तै जर्मन किपर म्यान्युल निउर अगाडि बढेको मौका पारी त्यसको दुई मिनेटपछि नै कोरियाले अर्को गोल थपेको थियो । सन ह्यूङ मिनले खाली पोष्टमा गोल गरेका थिए ।

समूह चरणबाटै बाहिरिए पनि दक्षिण कोरियाले जर्मनीविरुद्ध ऐतिहासिक जित हात पारेको छ । जर्मनीले दक्षिण कोरियालाई विश्वकपमा पाँच पटक पराजित गरेको थियाे । सबैमा उसले जित हासिल गरेको थियाे र जम्मा १९ गोल गरेको थियाे । तर काेरियाले भने विश्वकपमा जर्मनीलाई पहिलाे पटक हराएको हो ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com