nepalikorea

कोरियाली स्वास्थ्य बिमाको नितीमा संसोधन गर्ने
[2018-10-06 오후 6:58:00]

दक्षिण कोरियाली सरकारले स्वास्थ्य बीमा सम्बन्धि निती संशोधन गर्ने भएको छ । स्वदेशी तथा विदेशी नागरिकहरुले स्वास्थ्य बिमाबाट अनावश्यक फाइदा लिइरहेको भन्दै विरोध हुन थालेपछि राष्ट्रिय स्वास्थ बीमाको निती संशोधन गर्न लागेको हो ।

कोरियाली राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली अन्तर्गत सन् २०१७ को अन्त्य सम्ममा स्वदेशी तथा विदेशी गरि जम्मा करिब ५२.४३ मिलियन सदस्य दर्ता भएको जनाएको छ । छोटो समयको लागी कोरियाको भ्रमणमा रहेको विदेशीहरुले पनि कोरियन नागरिक सरह थोरै बीमा शुल्कमा धेरै लाभ लिदै आएकोले जनस्तरमा यसको यसको विरोध हुन थालेको हुदा सो निती संशोधन गर्न लागेको हो । छोटो समयका लागी कोरिया आएका विदेशीहरुले स्वास्थ्य बिमाको लाभ उठाएर स्वदेश फर्किए पनि त्यसको खर्च राष्ट्रिय स्वास्थ्य बिमा संस्थाले अस्पताललाई रकम भुक्तानी गर्नु पर्ने हुन्छ ।

कोरियामा राष्ट्रिय बिमा संस्थामा सदस्य भई सकेपछि अस्पतालमा स्वास्थ्य उपचार गर्दे अस्पतालमा आएको भर्पाई शुल्कको ४० प्रतिशत व्यक्तिले तिर्नु पर्दछ भने बांकी ६० प्रतिशत राष्ट्रिय बिमा संस्थाले भुक्तानी गर्दछ ।

अहिलेको नियम अनुसार कोरियामा कुनै पनि बिदेशी कम्तिमा ३ महिना भन्द बढी बसोबास गर्नेले बिमाको सुबिधा लिन सक्छ । तर संसोधित नितीमा यसलाई बढाएर ६ महिना पुर्याउने योजना रहेको स्वास्थ्य तथा कल्याण मंत्रालयले जनाएको छ ।




Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com