nepalikorea

कोरियाली कानुन मन्त्रालयले अबैधानिक विदेशीहरुलाई कोरिया छोडन अल्टीमेट जारी
[2018-10-06 오후 6:59:00]

कोरियाली कानुन मन्त्रालय अन्र्तगतको अध्यागमन विभागले केहि दिन अघि अबैधानिक विदेशी नागरिकहरुलाई कोरिया छाडन अल्टीमेट जारी गरेको छ । अध्यागमन विभागले अल्टीमेट जारी गर्दे २०१८ को अक्टोबर १ तारिख देखि २०१९ को मार्च ३१ तारिख सम्म कडा धडपकड गर्ने जनाएको छ ।

अल्टीमेटमा कोरियामा अबैधानिक तवरमा बसोबास गर्ने विदेशी नागरिकहरु २०१७ सालमा २,५१,०४१ जना थिए भने २०१८ सालको अगस्त ८ महिना सम्ममा ३,३५,४,५५ जना बृद्धि भएको बताउदै निर्माण कम्पनी लगायत अन्य कम्पनीहरुमा निशाना बनाएर कडा धडपडक गर्ने बताएको छ ।

अध्यागमन विभागले जारी गरेको अल्टीमेटमा २०१९ को मार्चको अन्त सम्म स्वेच्छाले स्वदेश फिर्ता हुने अवैधानिक विदेशी नागरिकलाई कुनै जरिवाना नलिने र १ बर्षमा पुन कोरिया प्रवेश गर्न पाउने प्रावधान राखेको छ । तर पक्राउ गरेर स्वदेश फिर्ता गराईएका विदेशी नागरिकलाई भने १० बर्ष सम्म कोरिया प्रवेशमा रोक लगाउने बताएको छ ।

तर कोरियाली अध्यागमन विभागले पछिल्ला दिनहरुमा पनि अबैधानिक विदेशी नागरिकहरुलाई स्वेच्छाले कोरिया छाडेमा पुन प्रवेशमा कुनै रोक नलगाउने भनिएता पनि त्यो पुरा नगरेको जानकारहरु बताउने गर्दछ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com