nepalikorea

एक नेपाली जलेर मृत अवस्थामा फेला
[2018-10-06 오후 7:00:00]

दक्षिण कोरियाको औधोगिक क्षेत्र ह्वासंगमा जलेको अवस्थामा एक नेपालीको शब भेटिएको छ । गुल्मी पिपल धारा निवासी भानुभक्त खनाल जलेको अवस्थामा मृत भेटिएको श्रम सहचारी डिल्लीरामा बास्तोलाले जानकारी दिएका छन् । उनी कार्यरत कम्पनीको नजिकै एकान्त स्थलमा जलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको थियो ।

आइतबार विहान करिब साढे दश बजेतिर कम्पनीका साहुले मृतकको शब देखेका थिए । इपिएस मार्फत कोरिया आएका मृतक खनाल चार वर्षदेखि सोही मोटर पार्ट कम्पनीमा कार्यरत थिए । ३३ वर्षिय अविवाहित खनाल आएदेखि नै त्यही कम्पनीमा कार्यरत रहेको र एक पटक पनि नेपाल घर नगएको रुम पार्टनर जीवन खड्काले जनाए ।

सहकर्मी खडकाका अनुसार प्रहरीले आत्माहत्याको शंका गरेको बताएको छ । घट्ना बारे प्रहरीले थप अनुसन्धान गरीरहेको श्रम सहचारीले जानकारी दिए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com