nepalikorea

कोरिया मा प्रवासी श्रमिक को सङ्ख्या मा बृद्धि
[2019-01-23 오전 7:45:00]

कोरियामा काम गर्ने प्रवासी श्रमिक को सङ्ख्या 6 वर्ष को अवधि मा लगभग 30 प्रतिशत वृद्धि भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र न्याय मंत्रालयको तथ्याङ्कअनुसार, देशमा रहन आएका प्रवासी श्रमिकको संख्या र रोजगार सर्वेक्षणको नतिजा गत वर्ष 884,000 थियो, सन2012 देखी गत बर्ष सम्म 6 बर्षको अवधि मा प्रवासी श्रमिक को बृद्धि सख्या 186,000 वा 26.7 प्रतिशत ले वृद्धि भयो। साथै 2012 मा 69.6 प्रतिशत प्रवासी श्रमिक ले 10 लाख वन देखि 20 लाख वन सम्म तलब पाए का थिए भने गत बर्ष 49.5 प्रतिशत प्रवासी श्रमिक ले 20 देखी 30 लाख वन प्राप्त गरेका छन । 12.7 प्रतिशत प्रवासी श्रमिक ले गत बर्ष 30 लाख वन माथी तलब प्राप्त गरेको तथ्याङ्क सार्वजनिक भएको गत बर्ष कोरियामा गरिएको एक अर्को सर्बेको परिणाम अनुसार ५५ दशमलव ४ प्रतिशत प्रवासी श्रमिक कार्य स्थलमा 2 लाख वन देखी 3 लाख वन सम्म तिरेर भाडाका गोदाम घर र कन्टेनरमा बस्न वाध्य छन्।जसमध्ये ३९ प्रतिशतको बस्ने ठाउँमा ट्वाइलेट समेत छैन। ३४ प्रतिश यस्ता बस्ने ठाउँमा बाथरुमको व्यवस्था छैन। २० प्रतिशत यस्ता गोदाम घर र कन्टेनरमा ढोका र ताल्चाको समेत व्यवस्था छैन।यस्ता ठाउँमा महिला कामदारका लागि बस्न असुरक्षित भएपनि प्रवासी महिला श्रमिक भने बस्न वाध्य छन्।

उक्त सर्बेका अनुसार एक हप्तामा ५० घण्टा भन्दा बढि काम गरेर महिनाभरी काम गरे वापत न्युनतम तलव नपाउने प्रवासी श्रमिकको संख्या पनि निक्कै छ। समान काम गरे पनि महिला श्रमिकलाई ज्याला मा भेद्भाव गरिन्छ। प्रत्येक १० जना रोजगारदाता मध्ये ९ जना ले प्रवासी श्रमिक को श्रमको सोसण गरेको भेटिएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com