nepalikorea

फियाक चौतारीको १६ सदस्यीय संयोजन समिति गठन
[2019-02-06 오후 12:31:00]

दक्षिण कोरियामा विभिन्न पेशामा आबद्ध फियाक लिम्बुहरुले वरिष्ठ पत्रकार तथा चुलो रेष्टुरेन्टका संचालक डम्बर सुब्बा फियाकको संयोजकत्वमा १६ सदस्यीय संयोजन समिति गठन गरेको छ । गत फेब्रुअरी २ तारिख ख्यङगिदो प्रान्तको योङईन सिटिमा रहेको चुलो रेष्टुरेन्टमा भएको प्रथम फियाक भेटघाट तथा परिचयात्मक कार्यक्रमले सर्व सहमतीमा सो निर्णय गरेको हो ।

संयोजन समितिको सदस्यहरुमा ओम फियाक, बचन फियाक, सिजन फियाक, कृष्ण फियाक, प्रवेश फियाक, ज्ञानु फियाक, दिपेन्द्र कुमार फियाक, डोरेन्द्र फियाक, गजेन्द्र फियाक, ईमोहाङ फियाक, सुरेश फियाक, रोशन फियाक, सुनिता लिम्बु फियाक, सृजना फियाक, शेर बहादुर फियाकलाई मनोनय गरिएको छ ।

उक्त दिन भएको फियाक लिम्बुहरुको भेटघाट तथा परिचयात्मक कार्यक्रमले देश तथा विदेशमा छरिएर रहेको फियाक लिम्बुहरुसंग सम्पर्क, एकता,समन्वय,सहकार्य गर्ने उददेश्य सहित आपतविपत परेको बेला सहयोग गर्ने वातावरण बनाउनको निम्ति आपतकालिन कोषको निर्माण गर्ने गरि प्रत्येक सदस्यले सदस्यता शुल्क वापत मासिक १० हजार वन ( नेरु १ हजार ) जम्मा गर्ने निर्णय गरेको छ ।

त्यस्तै सोही संयोजन समितिले कोरियाको महान चाड छुसकको लामो विदामा समितिलाई पूर्णता दिने सर्वसहमती भएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com