nepalikorea

नवलपुर समाज दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पाठक मनोनित
[2019-02-06 오후 8:31:00]

दक्षिण कोरियामा विभिन्न पेशामा आवद्ध नवलपुरबासीहरुको संस्था नवलपुर समाज दक्षिण कोरियाको प्रथम अधिवेशनले सर्व सहमतीमा हेम पाठकको अध्यक्षतामा नयां कार्यसमिति गठन गरेको छ । कोरियाको नयांबर्ष सलनालको अवसरमा गत फेब्रुअरी ५ तारिख सिओलको दोङम्योआफ अवस्थित रहेको नेपाल हाउसमा भएको प्रथम अधिवेशनले पाठकको अध्यक्षतामा १४ सदस्यीय नयां कार्यसमिति गठन भएको छ ।

नयां कार्यसमितिको उपाध्यक्षद्धयमा रिकमान गुरुङ, कृष्ण डुम्रे, सचिवमा राज चापागाई, सहसचिवमा प्रकाश थापा, कोषाध्यक्षमा दीपक सापकोटा र सदस्यहरुमा क्रमश राजु पाण्डे, जीवन न्यौपाने, मनोज पंगेनी, अंबिका घिमिरे, मौसम पौडेल, रबीन पौडेल, कृष्ण कुमार श्रेष्ठ, रेशम काफलेलाई मनोनित गरेको छ ।

नव निर्वाचित अध्यक्ष पाठकले कोरियामा रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दे आपतविपतमा आपसी सहयोग गर्दे नवलपुर हाउसको निर्माण गर्ने समाजको मुख्य उददेश्य रहेको बताए ।












Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com