nepalikorea

विप्लव माथी को प्रतिबन्ध प्रती जनप्रगतीशिल मोर्चा द्वारा भत्सना ।
[2019-03-22 오후 8:31:00]

हालै मा सरकार ले विप्लव माओवादी (नेकपा) माथि लगाएको प्रतीबन्ध को जनप्रगतिशिल मोर्चा दक्षिण कोरिया ले घोर आपत्ति जनाएको छ । संयोजक आदर्श मगर द्वारा सार्वजनिक गरिएको विज्ञप्ति मा विप्लव जनता माझ स्थापित हुदै अगाडि बढेको सहन नसकेर अत्तालिएर जथाभावी दमन मात्रै होइन आफैंले बनाएको संबिधानलाई समेत लत्याएर अत्यन्तै तुच्छ तरिकाले नेकपा माथी प्रतिबन्ध लगाएको छ । पंचयतकाल र राजाको निरंकुश शासनकालको झल्को दिने गरि प्रहरी दमन,यातना,झुट्टा मुद्दा लगाएको छ।राज्यले एकतर्फी युद्धको सुरुवात गरेको छ।जनताको न्यायपुर्ण आन्दोलन दमनले इतिहासमा कहिल्यै रोकेको छैन।रोजगार,ब्यवसाय,अध्यन र बिबिधरुपमा दक्षिण कोरियामा कार्यरत नेपालीहरुको एकताको हाम्रो गौरबशाली संगठन जनप्रगतिशिल मोर्चा,दक्षिण कोरियाको तर्फबाट नेपाल सरकारको यस्ता जनबिरोधी कदम हरु प्रती गम्भीर रूपमा घोर भत्सर्ना गर्दछ।शान्ती र बार्ताको माध्यम नै इतिहासको शिक्षा हो।समयमा समस्यको पहिचान र पहलकदमी नभए देश र जनताले भीषण आँधिबेहेरी सिर्जना गर्ने निश्चित छ। भनि नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।

प्रेस विज्ञप्ति
कम्युनिस्ट आवरणमा समाजबादी ब्यवस्था,समृद्धि नेपालको नारा दिएर जनतामा भ्रम छर्दै महान १० बर्षे जनयुद्ध र जनाआन्दोलनको धोकेवाज,बेइमानी खड्क प्रसाद ओली/प्रचण्ड/बादल समूह अन्तत प्रतिक्रियावादमा पतन भएको पछिल्लो उदाहरणहरुले प्रष्ट पारेको छ।कथित दुई तिहाई बहुमतको सरकारले दादागिरी,फाँसिबादी चरीत्र आफ्नो असली अनुहार एकपछी अर्को गर्दै नाङ्गो रुप देखाइरहेको छ।भ्रष्टाचार,अनियमित,राष्ट्रघात,जनघात, सरकारको स्थापित काम कर्तव्य जस्तै भैसकेको छ।आज बेथिति नभएको कुनै निकाय नै छैन,सम्हालेर सम्हालिने अवस्था नै छैन। देशको अधिकांस युवाहरु बिदेशी को दास हुन बाध्य परेको छन,चेलीबेटी हरु इज्जत बेच्न बिवस बनाएको छ।दलाल पुँजिबादी हरुको कथित दोश्रो संबिधानसभा बाट निर्मित संविधान र केपी/प्रचण्ड मण्डली नेतृत्वको संसदीय ब्यवस्थाले मुलुकको बर्तमान अन्तरविरोधको हल गर्न कदापी सम्भब छैन र त्यसको बिकल्पमा बैज्ञानिक समाजबाद नै एकमात्र बिकल्प हो,तसर्थ एकीकृत जनक्रान्ती को माध्यम नै बैज्ञानिक विधि हो र यसको मार्ग दर्शन,नेतृत्व क.बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाट मात्र सम्भब छ भन्ने कुरा आम जनमानसमा स्थापित हुँदै अगाडि बढदै गर्दा केपी/प्रचण्ड/बादल मण्डली अत्तालिएर जथाभावी दमन मात्रै होइन आफैंले बनाएको संबिधानलाई समेत लत्याएर अत्यन्तै तुच्छ तरिकाले नेकपा माथी प्रतिबन्ध लगाएको छ।पंचयतकाल र राजाको निरंकुश शासनकालको झल्को दिने गरि प्रहरी दमन,यातना,झुट्टा मुद्दा लगाएको छ।राज्यले एकतर्फी युद्धको सुरुवात गरेको छ।जनताको न्यायपुर्ण आन्दोलन दमनले इतिहासमा कहिल्यै रोकेको छैन।रोजगार,ब्यवसाय,अध्यन र बिबिधरुपमा दक्षिण कोरियामा कार्यरत नेपालीहरुको एकताको हाम्रो गौरबशाली संगठन जनप्रगतिशिल मोर्चा,दक्षिण कोरियाको तर्फबाट नेपाल सरकारको यस्ता जनबिरोधी कदम हरु प्रती गम्भीर रूपमा घोर भत्सर्ना गर्दछ।शान्ती र बार्ताको माध्यम नै इतिहासको शिक्षा हो।समयमा समस्यको पहिचान र पहलकदमी नभए देश र जनताले भीषण आँधिबेहेरी सिर्जना गर्ने निश्चित छ।

संयोजक
आदर्श मगर
जनप्रगतिशिल मोर्चा,दक्षिण कोरिया



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com