Dambar Subba

एक नेपाली सुतेकै अवस्थामा मृत फेला
[2019-05-27 오후 10:42:00]

कोरियाको राजधानी सिओल देखि अन्दाजी १ सय ४० किमीको दुरीमा रहेको शहर छुङछङबुक्दो छङजुसीको हुङदककु स्थित एक कम्पनीमा कार्यरत नेपालको अर्धखांची जिल्ला सन्धीखर्क नगरपालिका १ निवासी मधु सुदन श्रेष्ठलाई आज विहान सुतेकै कोठामा मृत अवस्थामा फेला पारेको अर्धखांची सम्पर्क मन्च दक्षिण कोरियाका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिनु भएको छ ।

अर्धखांची सम्पर्क मन्चका अध्यक्ष पन्थीका अनुसार हिजो राती सहकर्मीहरुसंगै खाना खाएर सुतेको श्रेष्ठ विहान काममा जाने समय सम्म पनि नआएर पछि कोठामा जादां मृत अवस्थामा देखे पछि प्रहरीलाई रिपोर्ट गरि प्रहरीले मृतकको लाशलाई स्थानिय अस्पतालमा लगेर राखेको कम्पनीमा संगै काम गर्ने सहकर्मीले टेलिफोन मार्फत जानकारी गरेको बताए । मृतक श्रेष्ठको मृत्युको कारण पोस्टमार्डम पछि मात्र थाहा हुने बताए ।

मृतक श्रेष्ठ ईपीएस मार्फत कोरिया आएको ७ बर्ष ६ महिना भएको थाहा भएको छ ।
कोरियामा सुतेको अवस्थामा मृत्यु हुनेहरु नेपाली श्रमिकहरुको संख्यामा बृद्धि भई रहेको छ । यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण हुन अति आवश्यक देखिन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com