jhilko

सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु लज्जास्पदः मोहन वैद्य
[2019-05-31 오후 5:45:00]

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले दुई पार्टीको एकतापछि बनेको नेकपाका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु लज्जास्पद भएको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले भने ‘दुई तिहाइको सरकार हुँदाहुँदै प्रधानमन्त्रीमा आलोपालोको कुरा गर्नु लज्जास्पद, अशोभनीय र अमर्यादित हो ।’

दुई पार्टीबीच चुनावी गठबन्धन बन्दा केपी शर्मा ओलीले ३ वर्ष र प्रचण्डले २ वर्ष सरकारको नेतृत्व गर्ने कुरा मिडियामार्फत आफुले पनि सुनेको भन्दै नेता वैद्यले सरकारले ल्याएको बजेट प्रभावकारी नहुने बताए ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com