nepalikorea

हङकङमा नयाँ शक्ति र संघीय समाजवादी बीच एकता
[2019-06-01 오후 12:27:00]

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी भएसँगै प्रवासमा पनि दुई संगठनको एकता सुरु भएको छ।

हङकङमा तत्कालीन संघीय समाजवादी फोरमको निकट समावेशी नेपाली समाज र नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज हङकङको एकता भएको हो। एकतापछि संगठनको नाम दुई संगठन एक भएका छन्। एकतापछि संगठनको नाम अन्तर्राष्ट्रिय नेपाली समाज हङकङ राखिएको छ।

जोर्डनस्थित बगैँचा रेस्टुरेन्टमा बसेको दुवै संगठनको एकता भेलाले ईन्द्र वनेमको नेतृत्वमा ३९ सदस्यीय कार्यसमितिको घोषणा गरेको छ।

समितिको उपाध्यक्षमा किसन राई, श्याम ईङ्नाम, सचिवमा मनोज गौतम सह–सचिवमा विश्व घिसिङ, कोषाध्यक्षमा भावेष घिसिङ र सह कोषाध्यक्षमा रोहन सिग्देल रहेका छन्।

ईन्द्र वनेम र किसन राई तत्कालीन संघीय समाजवादी फोरम निकट समावेशी नेपाली समाज हङकङकाका अध्यक्ष र सचिव थिए भने मनोज गौतम र श्याम ईङ्नाम नया शक्तिको भातृ सस्था अन्तर्राष्ट्रिय नेपाली समाज हङकङको संयोजक र सह संयोजक थिए।

३९ सदस्यीय कार्यसमितिको मुख्य पदहरुमा फोरमबाट अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष तथा नया शक्तिबाट उपाध्यक्ष, सचिव, सह–सचिव र सह कोषाध्यक्ष रहेका छन्।

फोरम र नयाँशक्तिबीच गत वैशाख २३ गते एकता भइ समाजवादी पार्टी नेपाल निर्माण गरिएको छ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com