jhilko

भीषण हावाहुरीले कैलालीमा दुई जनाको निधन
[2019-06-07 오후 2:54:00]

कैलालीमा हावाहुरीमा परेर दुई जनाको ज्यान गएको छ । ७० जनाभन्दा धेरै घाइते भएका छन् । बिहीबार बेलुकी हावाहुरी चलेपछि टीकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यही ठाउँमा हुरीबतासले पर्खाल भत्काउँदा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेका ४७ वर्षका लाहानु दवैराको ज्यान गएको छ । भत्किएको पर्खालले लागेर घाइते भएका दवैराको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ । घाइते धेरै जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

हावाहुरीका कारण विजुलीका पोल धेरै नै ढलेका छन् । विजुली पहिला जस्तै सुचारु हुन कम्तिमा पनि एक हप्ता लाग्ने बताइएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com