nepalikorea

कतारमा २७ जना नेपालीले ज्यान गुमाए : ८ जना कोमामा, ३७ जेलमा
[2019-06-13 오전 11:15:00]

तीन महिनाको अबधिमा कतारमा २७ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । २०७५ माघ १ देखि २०७५ चैत्र मसान्तसम्म बैदेशिक रोजगारीका लागि कतार पुगेका २७ जना नेपाली कामदारले ज्यान गुमाएका हुन् । कतारस्थित नेपाली दूतावास विभिन्न कारणले कतारमा ३ महिना भित्रमा २७ जना नेपालीले ज्यान गुमाएको तथ्याङ्क सार्बजनिक गरेको छ ।

यस्तै, दूतावासले कतारका विभिन्न अस्पतालमा सिकिस्त बिरामी भएर ८ जना नेपाली कोमामा रहेको पनि जनाएको छ ।कानुनी कारबाहीको सिलसिलामा कतारको केन्द्रिय कारागारमा ३७ जना नेपालीहरुले जेल जीबन बिताइरहेको समेत दूतावासले तथ्यांकमा उल्लेख गरेको छ । दूतावासले तीन महिना भित्र आफ्नो सुरक्षित सेल्टर हाउसमा राखेर दुई महिलालाई उद्दार गरि स्वदेश फिर्ता गरेको छ ।

त्यसैगरी अबैधानिक रुपमा बसेका २७५ जना नेपालीहरुलाई कानुनी प्रक्रिया पुरा गरि स्वदेश फिर्ता पठाएको नेपाली दूतावास कतारले जनाएको छ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com