मधुसुदन ओझा

सिओलमा मजदुर अधिकारको माग गर्दे १८ तारिख विरोध –याली प्रर्दशन गर्ने
[2019-08-15 오후 7:37:00]

प्रवसी मजदुर युनियन (एमटियु) कोरियामा रहेको प्रवासी मजदुरहरु स्वयमले गठन गरेको स्वतन्त्र मजदुर युनियन हो ।यसले निरन्तररुपमा प्रवासी मजदुरको बिभिन्न माग राखी संघर्ष गर्दै आइ रहेको छ यो बर्ष इपिएस लागु भएको १५ बर्ष पुरा हुदैंछ तर पनि यसको नराम्रो पक्षको अझै सुधार ,खारेजी भएको छैन ।

मजदुर समस्याहरुको समाधनको माग गर्दै कोरियन सरकारलाई दबाब दिन मजदुर संगठन (एमटियु) ले २०१९ अगष्ट १८ तारिक आईतबारका दिन सउलमा आयोजना गर्ने बृहत र्‍यालीमा प्रवासी श्रमिकहरूलाइ सहभागिताको लागि सूचनामार्फत अपिल गरेका छन् ।

बृहत र्‍याली अगष्ट १८ तारिक आइतबार दिनको २ बजे सउल फाइनान्स सेन्टर रेल लाइन न १ र २ सउल सिटिहल स्टेशन गेट न ४ अगाडी हुने जानएको छ ।

प्रवासी श्रमिकहरु शोषित पिडित भएको र कम्पनीमा भेदभाब यथावत रहेको नराम्रो अवस्थामा पनि काम गर्न बाध्य परिने गरेकोले प्रवासी श्रमिकहरु यो प्रणालीमा सुधार हुनु पर्ने स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने अधिकार सुनिस्चित हुने कानुन बनाउनु पर्ने, प्रवासी मजदुरको खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज हुनुपर्ने, प्रवासी मजदुरलाई न्युनतम ज्याला छुटै दिन पाउनकोलागि बनाउन लागिएको कानुन फिर्ता लिनु पर्ने, कृषि क्षेत्रको मजदुरलाई तलब र बिदामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने लगायतको माग गर्दै र्‍याली (दबाबमुलक गतिबिधि) गर्न गईरहेको हो ।

सबै प्रवासी मजदुरहरु सहभागी हुन आग्रह गरिएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com