नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील



सागरको रङ्ग र मेरो लुङा
2010-03-07   देवु सुदामा(debusudama@yahoo.com)  



आजकल देश र गाउँमा
सडक र सदनमा
के छ हौ ?लुङा
उहिल्यै .....
हाम्रो पालामा त
विना सडक,विना सदन
छर्लम्....म्म तीनइन्ची
ख्याल ख्याल नै हुन्थ्यो
ख्याल ख्याल मै हुन्थ्यो
हामी सँगसँगै
ख्याल ख्याल नै बाझ्थ्यौं
ख्याल ख्याल मै मिल्थ्यौं
हा...हा...हा...हा...
लुङा र म
विना शर्तको
विना कैफियतको
एउटा पृथक इतिहास थियौं
हाम्रो नूनपानीको कसम
साँचै सतोसत थियो ।

हो हौ लुङा
हामीलाई कहिल्यै
खाम्बोङ्वाको अभिमान भएन
बरु तेक्तानालाई
आफ्नै जीउमा पालेर
मा..थी टुप्पीसम्म पुर्यायौं
बरु हामी लमतन्न सागर भएर
धेरै पापी पात्तर कोलम्बसहरुलाई
लाल्चाको क्षितिज
सफेद उघारी दियौं
हामीमा कहिल्यै
सुनामी छाल आउन सकेन
ती क्षणहरुमा म
तिम्रो मुहारबाट
स्वच्छ नीलिम सागरको रङ्ग
अन्जुलीमा उठाएर
एक ठिटले हेरि रहन्थे ।

घामको जूवा धेरै झुल्कियो र
धेरै अस्तायो हौ लुङा
हामी सवै सवै
त्यही गतिशील घामको
नवीन आयतनलाई
थाप्लोमा थेग्न
आ-आफ्नोबाटो लाग्यौं
यस फेर नि हौ लुङा
म पनि मुङ्लानतिरै छु हौ
मुङ्लाने चालामा विदा मनाउँदै
हाक्पारे ख्याली मनमनै गाउँदै
पुर्खाहरुलाई पानीको अप्सानी चढाएर
सागरको एक विटमा वसेकोछु र
आफ्नो अन्जुलीको नीलिम जलमा
त्यतिखेरको तिम्रो मुहार
धीत मरुन्जेल हेरिरहेको छु।

खुशीको कुरा नि हौ लुङा
हाम्रा वीर पुर्खाहरूको विरासत
जीउँदा लालमोहरहरूलाई
वलियो मुठ्ठीले समातेछौ हौ
मुङ्लाने थकाइ गर्हो भए पनि
तिम्रो न्यास्रो सार्हो लागे पनि
तिम्रो बलियो मुठ्ठि सम्झेर
खुशी छु हौ लुङा
छदम् इतिहासले मेट्न नसकेको
हाम्रो सीमानाको रक्षा गर्छौ भनेर
ढुक्क छु हौ
तर नि हौ लुङा एउटा कुरा
आफ्नै हलसंग जुध्योभने
कि त सिङ् भाचिन्छ
कित भीरबाट घर्ल्याम्म खसिन्छमा
बढ्दै जाँदा पथमा
लड्दै जाँदा रणमा
रघु राना र बखतसिँहरुलाई
सकुनी र विभीषणहरुलाई
राम्ररी पो चिन्नु पर्छ है
म तिम्रो मुहारभरिको
नीलिम स्निग्ध रङ्गलाई,
म तिम्रो बलियो मुठ्ठिलाई र
काङ्सोरे साहासलाई
यत्तै टाढाबाट
संग्रामी सैलुट अर्पण गरिरहेको छु।




Nick Name     
comment