SEARCH
नेपालन्यूज
लिम्बुवान व्लगस्पोट
कान्तिपुर
समाचारपत्र
गोरखापत्र
अर्घाखाँची डट्कम्
नेपालअरब डटकम
प्रेस चौतारी डटकम
बिबिसी
नेपालजापान डट कम
फ्री नेपाल डट कम
नेपालीसमाचार
समुद्रपारि डटकम
एचकेनेपाल डट कम
एसकेनेपाल
नेपाल होराईजन
नेपाल मलाया खबर डटकम
नेपाल कुवेत डटकम
एक्बद्धता नेपाल
मुर्चुङ्गा डट कम
फुर्सद डट कम
परिचय डट कम
खत्तम डट कम
साइवर नेपाल
बिभिन्न भाषा रुपान्तरण
रकम रुपान्त्रण
नापतौल रुपान्तरण
मिती र समय रुपान्त्रण
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
इश्बी सम्बत र मिति
नेपाली क्यालेन्डर
नेपाली डिक्सनेरी
नेपालीमा टाईप
युनिकोर्डबाट कान्तिपुर
प्रिती बाट युनिकोड
युनिकोड टाइपशाला
नेपाल पत्रकारमहासंघ
नेपाल प्रेस काउन्सील
कोलोराडो
जमेका ति झरना
जमेकै ताल साना
घुमेको पहाडी बाटो
सिमभन्ज्याङ झैँ कोलोराडो
हुस्सु छिचोल्दै रविको किरण
यत्र तत्र कुद्छन् हरिण
हाम्रो परिवार चढेको गाडी
बढ्दै गयो माथी माथी अगाडी
छोडियो बोल्डर शहर तल
ठमेल सम्झाउने नेपालीको पसल
चुचुरोमा हिँउ काखमा ताल
पोखरा झल्काउने कोलोराडोको कमाल
माथी सोसोनी शिव पार्वती मंन्दीर
शीरमा पहाड दुरूस्त गोरीशंखर
खोल्साखोल्सी बेसीमा नेडरल्याण्ड शहर
सन्तुष्टी मिल्यो चरिकोट पुग्ने रहर
झुरूप्प झुरूप्प झिलिमिलि घर
हार्इवे २५ हुँदै दोडदैछ डेनभर
रानीवन झैँ वन छ फाँटको माँझ
ग्रीनवुड भिलेजमा यात्राको साँझ ।।
राम चाहिएको छ
आमा पढाएर तिम्रो छोरा
कानुन बेच्ने दलाल बन्छ भने
भयो बन्द गरिदेउ स्कूल पठाउँने काम
...
आमा शिक्षाले तिम्रो छोरा
अफिम गाँजा चरेस बेच्ने
व्यापारी बन्छ भने
भयो वन्द गर खुट्टाका गोलिगाँठा
फुस्किने गरी ढुङ्गा र ईट्टा बोकेर
स्कूलको पर्खाल ठड्याउँने काम
आमा तिम्रो पवित्र कोखबाट
सिंगो समाजलाई अपवित्र बनाउँने रावणको
जन्म हुन्छ भने बाँझै छाड्देउ त्यो कोख
हामीलाई देश र जनताको सुरक्षा गर्ने राम
चाहिएको छ रावण होईन
किनकी अब रावणको ताण्डब नाच हेर्न नसक्ने
गरेर शिथिल भएकाछन् गाउँ र,वस्तीका
भोका र नाङ्गा मानवा आकृतिहरु
भाइटीकामा सम्झी नरोऊ (गजल)
भाइटीकामा सम्झी नरोऊ अर्को साल आउँला बहिनी
दु:खसुख एकै ठाउँमा मीठो चोखो खाउँला बहिनी ।
मखमली सयपत्री लालुपाते माला गाँसी
दाजुभाइ लाइन बसी टीका-टोपी लाउँला बहिनी ।
झिलिमिली गाईतिहार सबैजना गाउँमा भेला
साथीसँगी रमाउँदै देउसी भैलो गाउँला बहिनी ।
सपना साँची विदेश आएँ, मनका कुरा अपूरै भो
पुरानो घर खरको छानो सबै हुँदा छाउँला बहिनी ।
आगो भर्भर भुर्भुराउदा परदेशी फर्कन्छ कि ?
निराश पोख्ने आमालाई हाँसीखुशी पाउँला बहिनी ।
दशैं तिमी नआईदिए हुन्थ्यो
दशैं फेरी तिमी किन आईपुग्यौ मेरो घर आगनीको डिलमा
सायद मेरी आमाको आशिष थाप्दै,
टिका र जमरा लगाउने छैन मेरो तकदिरमा
म प्रवासमा अपमानको शब्दहरु खाएर बांचिरहेको छु
भित्री मन रोए पनि देखावटी हांसो हांसीरहेको छु
दशैं तिमीलाई के थाहा ?
कुर्दै होला कसैले घर आगनमा प्रदेशी कहिले आउंछ भनेर
कसलाई के थाहा ?प्रदेशीले कसरी रात काट्छ तारा गनेर
त्यसैले दशैं तिमी नआईदिए हुन्थ्यो
पिर व्याथा र मेरो अतितलाई नबल्झाईदिए हुन्थ्यो
दशैं तिम्रो आगमनले खुशियाली छाउनु पर्ने पिडा दिएर जान्छौ
मेरी आमा र प्रियसीको आंखालाई ओभानो होईन चिसो पारेर जान्छौ
गांउ घरमा रोंटे पिङ र दोहोरी खेलेको विगत लाई संझाएर जान्छौ
मिलन खुशियाली दिएर होईन मेरो मनलाई रुवाएर जान्छौ
त्यसैले दशैं तिमी नआईदिए हुन्थ्यो ।
दंशै तिमी नआईदिए हुन्थ्यो ।।
खबरदार! खबरदार!! बल्खु भित्र सिपि बन्न खोज्नेहरू.......!!
पेरिस डाँडा सँगको मित्रता हत्याउने,
बल्खु सँगको सहमति लत्याउने.
पेरिस डाँडा तिर गोप्य सहमतिको दृष्टि तर्काउने,
अनि बल्खु तिर धनुष बाण फर्काउने.
(वाह!कमरेडको अर्जुन दृष्टि!)
कहिले डोको भित्र पसेर बाह्र बुँदे,
कहिले चाल्नी मुनि बसेर पाँच बुँदे
जता जता पेरिस डाँडा इसारा गर्छ
उतै उतै कमरेड अर्जुन दृष्टि लिएर कुदे
(सीपीको पराकाष्ठा......!)
फेरी आज बल्खु भित्र सिपिहरु गन्हाई रहेछन्,
ती नै गन्धे सीपीको आडमा
पेरिस डाँडेहरु बल्खुको आचारसंहिता बनाई रहेछन्
नव निर्मित आचारसंहिताको पहिलो झल्को
केन्द्रीय र स्थाई कमिटीको बैठकमा देखियो
सहमतिमा एउटा कुरा लेखियो
तर ब्यबहारमा अर्कै देखियो.
कुहिएको दुर्गन्धित वस्तुलाई
बेलैमा उचित स्थानमा विसर्जन गराऊँ
नत्र हैजा फैलन सक्छ.....
होसियार!!बल्खु बासि हो !
पाँचौ महाधिवेशन पश्चात् झैँ पुन बल्खु मैलिन सक्छ.
पद लुप्त,अवसरवादी,बल्खुको मुटुमा छुरा घोप्नेहरू
परीक्षाको घडीमा हातमा बुङ्गो बोक्नेहरू
भारी पल्ला पक्षाउदै समर्थनको ताली ठोक्नेहरू
खबरदार!खबरदार!!बल्खु भित्र सीपी सिद्धान्त बोक्नेहरू
जनताको बहुदलीय जनवाद ओझेलमा पार्न खोज्नेहरू
जबर्जस्ती नौलो जनवाद अघि सार्न खोज्नेहरू
गोप्य रुपमा पेरिस डाँडा रोज्नेहरू
खबरदार! खबरदार!! बल्खु भित्र सिपि बन्न खोज्नेहरू.......!!
इतिहासले अहमताको नतिजा पाना पानामा लेखाई दिएको छ
बल्खुले सीपीको वास्तविक औचित्य सर्बांगपारि देखाई दिएको छ
फेरी किन अन्धो भएर गुट-उपगुटका पछि कुदिरहेका छौ??
शत्रुको इसारामा नाच्दै आफू-आफूमै जुधिरहेका छौ???
यो प्रश्न गर्दैछन् आज साह्रा बल्खु बनाउनेहरू
उत्तर देउ बल्खु भित्र सिपि-सिपि गन्हाउने हरू!!! भित्र सिपि-सिपि गन्हाउने हरू!!!
उमेश निरौला(मुन्ना)
इनरुवा-३,सोमबारे,
सुनसरी
<<
<
[1]
2
3
4
5
6
7
8
9
10
>
>>
Title
Contents