नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील



लडाँइमा
यो शान्ती भूमि हो नजाउ लडाँइमा ।
गोली र बारुद नखाउ लडाँइमा ।।

बिश्वास छ बुद्ध जन्मनेछन्
ओम माने पेमे हुँ नगाउ लडाँइमा ।।

ब्यूँझन्छन् अभावमा गाउँ बस्ती
भोक मेट्न मजदुर नजाउ लडाँइमा ।।

आफ्नै बान्धवको रगतै पोखिंदा
जीतको अबीर नलाउ लडाँइमा ।।

यी बाल बच्चा बृद्ध र अबला
छोडेर त्रासमा नधाउ लडाँइमा ।।
00

मलाई आफ्नो भन्छौ भने
बोट बाट झर्या फूल गन्छौ भने ठिकै छ,
अझै पनि मलाई आफ्नो भन्छौ भने ठिकै छ ।

कस्तुरीझै आफ्नो बीना खोज्छेउ कतिन्जेल,
जून खोज्न माटो मुनि खन्छौ भने ठिकै छ ।

बिर्सिदेउ भनिसके सम्झिएर रुन्छौ किन,
नभएको चोट तिमी सहन्छौ भने ठिकै छ ।

कागजको थुँगा सजाई कहाँ हुन्छ फूलबारी,
हीरा तिमी आफै कौडि बन्छौ भने ठिकै छ ।

लामो हुन्छ जिन्दगी त यात्रा अबिराम छ,
गन्तब्यलाई बिर्सिएर एक्लै रहन्छौ भने ठिकै छ ।
00

स्मृति बिम्बका धर्साहरूसित
एउटा रोगी घामको

धमिलो बिहान र किरिङमिरिङ अनुभूति

यो कोठामा सबेरै छिरेर अचेल

मलाई गाजिरहन्छन् निरन्तर,

खोतलखातल पारेर मलाई

पोखिरहन्छन् जतासुकै

म निरीह,

आˆने निरीहताका विगत

र स्मरणका अवशेषहरू

क्रमशः रोप्दैछु-सम्झनाका डोबहरूमा

एक-एक गरी

आलुका बीउहरू जस्तै ।

कहिले, धारामाथिका धोक्रे फूलका बोटहरू देख्दैछु म

कहिले, धारामुनिका वनकेराका झ्याङहरू हेर्दैछु म

कहिले, धाराको नियमित बगाइको असमान पानीमा मिसिएर

हरेक बगाइ पैरामुनि झर्दैछु म

त्यसैले नजिकैको बासका टुसामा आकाश छेड्ने सामथ्र्य हाकेर

यो सहरको बूढोकोठामा

बूढाबासको

झ्याउ र लेउ परम्परा थुपारेर

उही कुप्री भोग्दैछु म ।

मैले भोगेको बिहानी र भेटेको घामले

थपेका निधारका चाउरीहरू

ओल्लो छेउ र पल्लो छेउ कुदाएर

म हारेको जुवाडेको टोपी उतारिरहेछु

र बुझ्दाबुझ्दै

पि्रय अलैचीबारी र मकैबारी

ढुङ्गाको बगैचामा जोड्दैछु

र खोज्दैछु आˆनै ओसिला आयतनका भाषाहरूमा ।

00

सम्झना ब्युझी झन्झन्
थाङ्नो हुन्छ तास कुचिन

प्रयोजनहीन झुम्रो

विषाक्त आˆनै शरीरबाट

निस्कन्छ जसरी जुम्रो ।

चुपचाप कहिल्यै मौन हुन्न

जिन्दगी बग्ने खोला

हाास्नुपर्छ निर्झर नाच्नै

गतिशील जीवन चोला ।

रुादैनन् हिमाल सिरेटो बतास

आाधीले हानेर

को लान सक्छ अजम्बर आकाश

डोरीले बानेर

हत्केलामा अट्तैन कहिल्यै

हृयूाचुली उद्गम मूल

पीडा हुन्छ आˆनै भूल

विरसिलो हुन्छ शूल

मौन आकाश पीयूष - प्यास

प्रीत छोपिरहन्छन्

नदी उर्लि बगिरहन्छन्

सम्झना ब्युझी झन्झन् ।
00

सभ्यता नै कोल्टे लाग्यो
आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन ?

जीवन यसै वित्ने हो कि गम्दा सोच्दा फेला पार्न ।।

देख्दा हेर्दा आफन्तै हुन् परिआउदा कोही हुदैन

आˆना भनी कसलाई भन्ने जाच्ने कुनै कसी छैन

भन्नलाई त मान्छे भन्छन् आफन्त नै काम लाग्छ

परिवर्तित वातावरणले भर पर्न नै गाह्रो भा'छ ।।

सबै भन्छन् सतीबाट सराप पर्दा सत नै छैन

टाठाबाठा जान्नेले नै पाइरा' छन् चयनै चयन

इमान जमान साची राख्नेबेला बखत परै भाग्यो

कर्तव्यलाई पुजी ठान्ने सभ्यता नै कोल्टे लाग्यो ।।

00


<<  <    3 4 5 6 7 [8] 9 10 11 12 13    >  >>